Hamro Sanchar

पेचिलो बन्दै शर्मामाथिको छानबिन : ‘डिलिट’ भनिएको फुटेज रिकभर

प्रकाशित : २०७९ साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११- अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।

समितिका एक सदस्यका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी सीसीटिभी फुटेजका ‘क्लिप रिकभर’ भएका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा कर दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग सहयोग मागिएको थियो ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि गत १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समिति बैठकमा सीसीटीभी फुटेज हेरिएको छ ।


प्रतिकृया दिनुहोस्