Hamro Sanchar

श्रीमानकाे कुटाईबाट श्रीमतीको मृत्यु

प्रकाशित : २०७९ साउन, ८ गते


Advertisement

काठमाडौं, साउन ८- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा उनकाे घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट गएको प्रहरी टोलीले साँवालाई पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस्