दोलखा, असार १८- बाँदर धपाउने क्रममा दोलखाको शैलुङमा एक पुरुषको मृत्यु भएको छ । बारीमा लगाईएको वाली खान आएका बाँदरहरुलाई लखेट्ने क्रममा शैलुङ गाउँपालिकाको वडा नम्वर-८ अन्दाजी ५५ वर्षिय राम बहादुर कार्कीको मृत्यु भएको हो ।
शुक्रबार दिउसो वाली खान आएका बाँदर लखेट्ने क्रममा कार्कीको हृदयाघात भएको थियो । हृदयाघात भएपछि काकीलार्ई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको न्युरो अस्पतालमा पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
शैलुङमा बाँदरले बाली खान थालेपछि कृषक चिन्तित बनेका छन् ।