काठमाडौं, असार ११- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए ।
उनले भने, ‘सडकमा उत्रीऔं भने सत्तामा आफैँ छौं । नउत्रिऔं मूल्य बढेको छ । मूल्यवृद्धिले जनता आजीत छन् । मूल्य वृद्धि भएको छ भने तुरुन्त छापामार गरेर कारबाही गर्नुपर्छ । पार्टी निर्माण गर्ने भनेको जनता र देशको निम्ति हो ।’