Hamro Sanchar

गृहपृष्ठ समाज

घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

May 30, 2024 | Posted by Pradip Nepali |  समाज
घोडाघोडी (कैलाली), जेठ १७- विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक...बाँकी

कान्तिपुर र सञ्चारमाध्यमलाई तर्साउन खोजियो, कानुनी उपचारमा जान्छुः कैलाश सिरोहिया

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं,जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने भएका छन् । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको...बाँकी

एकाबिहानै भीरबाट खस्यो जिप, चार जनाको मृत्यु

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप...बाँकी

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया रिहा

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।...बाँकी

होटलबाट खाजा खाएका सात जनालाई फुडपोइजन, होटलमा सिल

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १६- भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् । उनीहरु भरतपुर सामुदायिक अस्पताल भर्ना भएका हुन् । केहि विरामीको डिस्चार्ज भएको छ । सो...बाँकी

बजेटमा सूचना प्रविधि : डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं, जेठ १५- नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...बाँकी

विद्युत मर्मत गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कपिलवस्तु, जेठ १५- विद्युत मर्मत गर्दा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । सोमबार राती हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन दिनेश चन्द्र मिश्राको मृत्यु भएको हो...बाँकी

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १५- धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छ थरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा...बाँकी

चितवन दुर्घटना : ट्रक चालकको उपचारका क्रममा मृत्यु, ४ जनाको अवस्था गम्भीर

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ...बाँकी

स्थानीय यार्सागुम्बा टिप्न गएको मौका छोपी हतियारसहित गाउँ पसे लुटेरा

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १४- मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ डोल्फु गाउँमा हतियारसहितको समूह पसेर लुटपाट गरेको छ । शनिबार राति भरुवा बन्दुकसहित ८–९ जनाको समूह गाउँमा पसेर स्थानीयलाई तर्साएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।...बाँकी