Skip

Hamro Sanchar

विपद् उद्धार अभ्यासको क्रममा सशस्त्रका जवानको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


धनगढी, जेठ २८- प्राकृतिक विपद् अभ्यासको क्रममा सशस्त्रका जवानको मृत्यु भएको छ । बझाङमा विपद्का उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको हो ।

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका(७ का २९ वर्षीय नरेन्द्रसिंह धामी बेहोस भएको थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।


प्रतिकृया दिनुहोस्