
दोलखा, जेठ २८- दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । नगरपलिका-५ चर्णावती खोलामा भीमेश्वर–५ माटीका अन्दाजी ३३ वर्षीय राजु बस्नेत मृत फेला परेका हुन् ।
आइतबार दिउँसो घरबाट निस्केका उनको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।
पौडी खेल्नु अघि बस्नेतले कपडा खोलेर राखेको बताइएको छ ।

















