
काठमाडौं, जेठ २८- एमाले नेता महेश बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकका नामले चिनिने जानुका पाठक पक्राउ परेकी छिन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालत काठमाडौंले पाठकलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेको छ ।

















