Hamro Sanchar

कराही प्रहारबाट श्रीमतीकाे मृत्यु, श्रीमान नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २७ गते


दाङ, जेठ २७- दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । देउखुरीकाे गढवा गाउँपालिका-२, पचहिया निवासी२६ बर्षिय रन्जित चाैधरीले आफ्नै श्रीमती २१ बर्षिया कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे ।

बिहिबार राती करिब ९ बजे रन्जितले कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

कमलाको बुटवलस्थित क्रमिसन हस्पिटल आज बिहान ८ मृत्यु भएकाे हो ।

रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्