
काठमाडौं, जेठ २८- सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरले ताला लगाएको छ ।
महानगरले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको हो ।
महानगरको शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारको सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका आठ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाएको हो ।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको बताइएको छ ।
व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ ।














