Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

चेकिङमा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दियो, तीनजना घाइते

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मकवानपुर, जेठ २५- मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । बकैया गाउँपालिका–४, गोठखोलामा बिहीबार अपराह्न उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश...बाँकी

आर्मीका जवानले गरे श्रीमतीको हत्या, हातमा खुकुरी लिएर हिडेपछि स्थानीय त्रसित

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २५- दाङमा नेपाल आर्मीका जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा २७ बर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका छन् । ३६ बर्षीय शालिकराम बुढाथोकीले शुक्रबार बिहान सवा...बाँकी

खोलाले बगाएर ४ वर्षीय विद्यार्थीको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
किमाथाङ्का (सङ्खुवासभा), जेठ २४- सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक...बाँकी

बसको ठक्करबाट थाक्रेमा एक जनाको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धादिङ, जेठ २४- बसको ठक्करबाट धादिङको थाक्रेमा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे-६ को आठ किलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो...बाँकी

रोकेर राखिएको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, जेठ २४- मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अर्न्तगत मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे तिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७...बाँकी

दक्षिणकालीमा भिरबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु, यसरी पत्ता लागेको थियो घटना

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २४- काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा-युवती (महिला र पुरुष)को सनाखत भएको छ । बुधबार साँझ दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक...बाँकी

श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो, दुईको अवस्था गम्भीर

June 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २३- काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।...बाँकी

हावाहुरीले ढालेको रुखले किचेर युवकको मृत्यु

June 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हेटौंडा, जेठ २२- हावाहुरीले ढालेको रुखले किचेर मंगलबार बिहान एक युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-ट्यांकीदमारका २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर उनको मृत्यु भएको हो । रुखले किचेर उनको घटनास्थलमा नै...बाँकी

हावाहुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु

June 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मध्यविन्दु, जेठ २२- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

June 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २२- आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द...बाँकी