Hamro Sanchar

२७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३१ गते


काठमाडौं, जेठ ३१- सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ । विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो ।

महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो । यो संख्या अझै बढ्ने उनको भनाइ छ ।

आइतबारदेखि महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस्