Skip

Hamro Sanchar

विद्युत् सर्ट भएर करेन्ट लाग्दा सासूको मृत्यु, बुहारी घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३१ गते


विराटनगर, जेठ ३१- मोरङमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । जहदा गाउँपालिका–१ झैलाचोकमा करेन्ट लागेर बिहीबार दिउँसो रेवतीदेवी सरवरियाको मृत्यु भएको छ भने २५ वर्षीया बुहारी चन्द्रिका सरवरिया घाइते भएकी छन् ।

गम्भीर घाइते भएकी ४५ वर्षीया रेवतीदेवीको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।

करेन्ट लागेर रेवतीदेवीकी बुहारी चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्