
काठमाडौँ, जेठ ३१- जिल्ला प्रहरी कार्यालय सिराहामा महिला प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
बाँकेको खजुरा गाउँपालिका–४ घर भएकी सुनार सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
मृतक सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ ।














