
काठमाडौं, जेठ ३२- झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका छन् ।
आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष शुक्रबार बिहान मृत फेला परेका हुन् ।
आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । विशाल र आयुष बेडमा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ । त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

















