Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुलमा डुबेर एक जना युवकको मृत्यु भएको छ । महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेल घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय उज्वल श्रेष्ठको पौडी खेल्ने क्रममा डुबेर मृतयु भएको हो ।

हिजो (आइतबार) बिहान साढे ११ बजेतिर पौडी खेल्नेक्रममा पुलमा डुबेर बेहोस भएका उनलाई लाइफ गार्डको सहयोगमा उद्धार गरिएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले उनको उपचारको क्रममा बिएन्डबी अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस्