काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्ने गरी काम गर्न पार्टीका नेता–कार्यकर्तालाई कडा सन्देश दिएका छन्।
जनकपुरमा आयोजित कार्यक्रममा उनले मधेशले यसपटक पाएको अवसरबाट परिवर्तनको अनुभूति गर्न नपाए आगामी निर्वाचनमा मत माग्न नआउने बताए।
उनले पार्टी र सरकारबीच विवाद रहेको चर्चालाई पनि अस्वीकार गरे। सरकारलाई आफ्नै दलले गर्ने आलोचना र सुझावलाई फुटको संकेत नभई आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको तर्क थियो।
जनतालाई आश्वासन बाँडेर मात्रै राजनीति गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले जनताको विश्वासलाई निराशामा बदल्न नदिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

























