Skip

Hamro Sanchar

डीडीसीलाई १२ करोडभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा प्रमुख शर्मा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति पुर्‍याएको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। शर्मामाथि संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ नोक्सानी पुर्‍याएको आरोप छ।

मिलेमतोमा आर्थिक अनियमितता गरेको आशंकामा उनीमाथि आपराधिक विश्वासघात र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।


प्रतिकृया दिनुहोस्