Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

६५ वर्ष पुगेपछि टोपबहादुर रायमाझीले पाए कैद छुट, कारागारबाट रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी आज बिहान रिहा भएका हुन्।

काठमाडौं जिल्ला अदालतले कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गर्न कारागारलाई पत्र पठाएको थियो।

रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।


प्रतिकृया दिनुहोस्