काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गरेका छन्
तुर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का क्रममा बुधबार भएको भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीपछि फिनल्यान्डले उपलब्ध गराएको मानवीय सहयोग र ऐक्यबद्धताप्रति मन्त्री खनालले धन्यवाद व्यक्त गरे।
उनले विपद्पछिको पुनर्निर्माण, प्रभावित समुदायको पुनर्स्थापना तथा जलवायु परिवर्तनले जनजीवन र हिमाली पारिस्थितिक प्रणालीमा पारेको असरबारे जानकारी गराएका थिए।
भेटमा नेपाल–फिनल्यान्ड सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल हुनुका साथै व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, वन संरक्षण, प्रविधि र जलवायु कार्यका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए

























