Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, श्रीमान् भागेर बाँच्न सफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २५ गते


Advertisement

२५ कार्तिक, काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–२ स्थित तारापुर शिविरमा मंगलबार राति हात्तीको बथान पसेर आक्रमण गर्दा ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।

घरमा श्रीमान् मोहन डगौंरासँगै सुतिरहेको अवस्थामा हात्तीको बथानले घर भत्काउँदै कुल्चिएपछि लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ।

उनका श्रीमान् भने भागेर ज्यान जोगाउन सफल भएका छन्। स्थानीयका अनुसार हात्तीको बथानले घरसमेत क्षतिग्रस्त बनाएको छ।


प्रतिकृया दिनुहोस्