Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पटका पड्काउँदा बालक घाइते, अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् ।

पूर्बी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।

आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्