गोरखा । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाटमा गोरखा–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि आवागमन सहज बनाउन बेलिब्रिज निर्माणको तयारी थालिएको छ।
गोरखा सडक योजनाका अनुसार बेलिब्रिजका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ।
सामग्री आइपुग्नासाथ निर्माण सुरु गरिने कार्यालय प्रमुख विनोद पुनले जानकारी दिएका छन्।
निर्माणको तयारीका लागि नेपाली सेनाको टोलीसमेत घटनास्थलमा खटिएको छ।
रेक्की गरिसकेपछि आवश्यक सामग्री उपलब्ध हुनेबित्तिकै काम सुरु गरिने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताएका छन्।































