Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज राति १२ बजेदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो।

अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत अधिवेशन अन्त्यको जानकारी दिएका हुन्।


प्रतिकृया दिनुहोस्