काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार कोशीमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६३, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिममा ४५६ वडामा अधिवेशन सम्पन्न भएको हो।
देशभर कुल ६ हजार ७४३ वडा रहेका छन्।
बाँकी वडामा शुक्रबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।






























