Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जम्मु–कश्मीरमा सीआईएसएफ जवानको अन्धाधुन्ध गोलीबारी, ४ सुरक्षाकर्मीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

१४ असोज, काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल ९सीआईएसएफ० का एक जवानले सर्भिस राइफलबाट अन्धाधुन्ध गोली चलाउँदा सहायक कमान्डरसहित ४ सुरक्षाकर्मीको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब ७ः३० बजे बसोहलीनजिकै माश्का क्षेत्रमा घटना भएको हो। समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेड कन्स्टेबल अभिदेश कुमारको केही सहकर्मीसँग विवाद भएपछि उनले आवेशमा आएर सर्भिस राइफलबाट गोली चलाएका थिए।

गोली लागेर चार जना सीआईएसएफकर्मी गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा सबैको मृत्यु भएको जनाइएको छ।

घटनापछि सहकर्मीहरूले अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए। प्रहरीले पछि उनलाई पक्राउ गर्दै गोलीबारीमा प्रयोग भएको सर्भिस राइफलसमेत जफत गरेको छ।

घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए। गोलीबारीको वास्तविक कारण तथा घटनाको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।


प्रतिकृया दिनुहोस्