Skip

Hamro Sanchar

दुर्गा प्रसाईं ३ दिन हिरासतमा रहने, अदालतले दियो अनुमित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

साइबर ब्युरोले आज म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धान अघि बढाउन ३ दिन हिरासतमा राख्ने अनुमति दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई आज बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो।

खतिवडा जेनजी आन्दोलनका क्रममा शहीद भएका रसिक खतिवडाकी आमा हुन्।

सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप प्रसाईंमाथि लगाइएको छ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्।


प्रतिकृया दिनुहोस्