Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चोलेन्द्र पक्राउ प्रकरणमा प्रचण्डको चेतावनी :  बालेन सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असाेज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम नरोकिए सरकारका लागि नै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्।

आज सिंहदरबारस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पछिल्ला घटनाक्रममा सरकारको नियतप्रति प्रश्न उठाएका हुन्। उनले सरकारका यस्ता कदम उसकै लागि घातक बन्न सक्ने बताए।

प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउने’ उद्देश्यले यस्ता गतिविधि गरिएको भए त्यसको परिणाम सरकारकै लागि प्रतिकूल हुने टिप्पणी गरेका छन्।

सुरक्षा ‘थ्रेट’को नाममा कसैलाई दुःख दिन नहुने भन्दै उनले वास्तविक सुरक्षा चुनौती भए घरमै सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने धारणा राखे। उनले सुरक्षा जोखिमको कारण देखाइएको विषय बहानाजस्तो देखिएको टिप्पणी गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गरेका छन् ।

यसै क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा दिएको अभिव्यक्तिबारे पनि प्रचण्डलाई प्रश्न गरिएको थियो।

जवाफमा उनले बालेनले राष्ट्रसंघमा आफ्नो ठाउँबाट बोल्नुपर्ने विषय नै बोलेको प्रतिक्रिया दिए। उनको ठाउँमा अरू कोही भएको भए पनि त्यस्तै विषय राख्ने भन्दै उनले अनावश्यक रूपमा त्यसलाई बढाइचढाइ गर्न आवश्यक नरहेको बताए।

 


प्रतिकृया दिनुहोस्