Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बिना प्रमाण पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु गम्भीर कानुनी उल्लंघन : महासचिव पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

पोखरेलले जबरालाई बिना प्रमाण र अभियोग
जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको भन्दै उक्त कार्य नेपालको प्रचलित कानुन तथा न्याय प्रणालीको गम्भीर उल्लंघन भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत रहेको बताएका हुन्।

‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन हो,’ पोखरेलले भनेका छन्, ‘यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो।’

उनले गलत तथा स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गरेका छन्।

‘यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो,’ उनले भनेका छन्।

पोखरेलले गलत कामविरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा समेत जोड दिएका छन्। ‘तसर्थ सबैले गलत कामको खबरदारी गरौँ,’ उनले भनेका छन्।


प्रतिकृया दिनुहोस्