Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवा पक्षकाे महाधिवेशन मंसिर २१ देखि २३ सम्म

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनको मिति सार्वजनिक गरेको छ ।

संस्थापनइतर पक्षले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने घोषणा गरेको छ ।

आज चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले महाधिवेशनको मिति सार्वजनिक गरेका हुन्।

एसहमतिका लागि विभिन्न प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको महतले बताए ।

उनका अनुसार त्यसको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिनेछ।

 

 


प्रतिकृया दिनुहोस्