१० असोज, काठमाडौं । इरानले आवश्यक शर्त पूरा भए एक साताभित्रै होर्मुज जलमार्ग पुनः खोल्न सकिने भन्दै अमेरिकासमक्ष सम्झौताको प्रस्ताव गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अरागचीका अनुसार उक्त प्रस्ताव कतारमार्फत अमेरिकासम्म पुर्याइएको हो।
गत जुनमा भएको समझदारीमा आवश्यक शर्तहरू समेटिएको उनले बताएका छन्।
अमेरिकी अधिकारीले पनि मध्यस्थकर्तामार्फत सकारात्मक वार्ता भइरहेको र परमाणु विषयमा समेत छलफल भइरहेको बताएका छन्।
इरान–अमेरिका तनावका कारण बन्द भएको होर्मुज जलमार्ग विश्वको तेल तथा एलएनजी आपूर्तिका लागि महत्वपूर्ण मार्ग हो।
अवरोधपछि ऊर्जा बजारमा मूल्यमा उतारचढाव देखिएको छ।































