३१ भदौ, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै सुनको मूल्य तोलामा तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य तोलामा चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






























