२६ भदौ, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संस्थागत रूपमा १५ करोड सहयोग गरेको छ।
प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु १५ करोडको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।































