Skip

Hamro Sanchar

बाढी पीडितका लागि यशोदा ग्रुपको ३ करोड ८१ लाख ५१ हजारको सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा।लि। र श्रीराम टोबाको प्रा।लि।ले रु। ३ करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेका हुन्।

सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यसका साथै कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक राहत सामग्रीका रूपमा रु। ३० लाख बराबरको करेन्ट चाउचाउ वितरण गरेको जनाएको छ।

सम्बन्धित निकाय तथा प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा चाउचाउ वितरण गरिएको कम्पनीले जनाएको छ। आवश्यक परेमा थप चाउचाउ पठाउनुका साथै पीडितलाई सहयोग गर्न आफूहरू तत्पर रहेको कम्पनीको भनाइ छ।

 


प्रतिकृया दिनुहोस्