२२ भदौ, काठमाडौं । इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटका कारण ८ विमानस्थलमा लगभग १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। यी विमानस्थलहरूबाट हुने उडान अस्थायी रूपमा स्थगन गरिएको छ।
ज्वालाखुमी विस्फोटपछि आइतबार बिहान सबैभन्दा पहिले जकार्ताको सोकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।
विमानस्थलनजिकैको हवाई क्षेत्रमा अनक क्राकाटोआ ज्वालामुखीको खरानी आएपछि यस्तो निर्णय गरिएको हो।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५ सय ५८ उडान ढिला भएका छन्।
सोमबार स्थानीय समय अनुसार बिहान ९ बजेसम्म विमानस्थल बन्द रहनेछन् ।
































