Skip

Hamro Sanchar

परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा जाने कार्यक्रम रद्द गरेका छन् ।

मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सर्बिया जाने कार्यक्रम तय भएको थियो ।

सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आइतबार त्यता जाने कार्यक्रम थियो ।

बेलग्रेडमा भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ ।

तर, रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घ संस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरण सभा आयोजना गर्न लागिएको हो ।


प्रतिकृया दिनुहोस्