काठमाडौं । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने भ्याट पूर्ण रुपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क पनि छुट दिने निर्णय गरेको उनले बताए ।































