Skip

Hamro Sanchar

सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ८ गते


८ साउन, काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५५ रुपैयाँ घटको हो । आज चाँदी तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्