Skip

Hamro Sanchar

डुब्यो कीर्तिपुरको होल्डिङ सेन्टर, सुकुमवासीहरू बिचल्लीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


Advertisement

२७ असार, काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर शुक्रबार राति डुबानमा परेको छ।

डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ।

केही व्यक्ति आफन्तको घरमा गएका छन् भने अन्य सेन्टर आसपासमै सुरक्षित रहेका छन्।

शनिबार बिहानसम्म पनि होल्डिङ सेन्टर जलमग्न रहेको जनाइएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रको निगरानी गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्