Skip

Hamro Sanchar

सर्पले डसेर १० वर्षीया बालिकाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा विषालु सर्पको डसाइबाट १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २:३० बजेतिर घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो ।

सर्पले डसेर अवस्था गम्भीर बनेसँगै उनलाई परिवारले तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याएका थिए ।

अस्पतालमा उपचार भइरहेका बेला बिहान ३स्४५ बजेतिर चिकित्सकले रेहानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।


प्रतिकृया दिनुहोस्