Skip

Hamro Sanchar

विश्वकपको पहिलो खेलमा अमेरिकाको फराकिलो जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३० गते


३० जेठ, काठमाडौं । विश्वकपको पहिलो खेलमा अमेरिकाले विजयी सुरुआत गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पारग्वेविरुद्धको खेलमा अमेरिकाले ४-१ ले जित हात पारेको हो । अमेरिकाले ३२ वर्षपछि घरेलु मैदानमा विश्वपक खेलेको हो ।

खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो । अमेरिकाका वेस्टन म्याडनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टा ठोक्किएर गोल हुन पुगेको थियो ।

खेलको ३१ मिनेटमा अ‍ेमेरिकाका फ्लोरियन बलागुनले गोल गरे । पहिलो हाफमा थपिएको पाँच मिनेटमा बलागुनले दोस्रो गोल गरे ।

उनी अमेरिकाका लागि विश्वकपमा दुई गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् १९३० मा बर्ट प्याटनुडेले उक्त स्कोर गरेका थिए ।

खेलको ७३ औँ मिनेटमा पाराग्वेका लागि मौरिकोले गोल फर्काएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो ।

दोस्रो हाफको अन्तिम क्षणमा अमेरिकाका जियोभानो रेनाले गोल गरेपछि खेल ४-१ मा टुंगिएको हो ।


प्रतिकृया दिनुहोस्