Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल लेख्छन् : खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्तिले नै एमालेलाई बलियो बनाउन सकिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २२ गते


Advertisement

२२ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासनबाट नै पार्टीसामू देखिएका चुनौतीको सामना गर्न सकिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज स्ट्याटस लेख्दै महासचिव पोखरेलले यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्ने धारणा राखेका हुन्।

‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको गरेको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ,’ उनले भनेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’

निर्वाचन परिणामपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस पेचिलो बनिरहेको बेला पोख्रेलले यस्तो बिचार व्यक्त गरेका हुन्।

 

 


प्रतिकृया दिनुहोस्