Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पका विशेष दूत गोर र रविबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २२ गते


Advertisement

२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए ।

भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन्।

बिहीबार दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन् ।

गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । गोर यसअघि गत वैशाखमा नेपाल आएका थिए । त्यतिबेला पनि उनले सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।


प्रतिकृया दिनुहोस्