Skip

Hamro Sanchar

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव निलम्बित भएका छन्।

बिहीबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यादवलाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाफ नदिएकाले उनलाई निलम्बन गर्ने निर्णय भएको समितिका सचिव दिनेश थापा मगरले बताए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि अनुशासन समितिले स्पष्टीकरणका लागि पत्राचार गरेको थियो।

तर, यादवले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाफ नदिएपछि निवलम्बन गरिएको कांग्रेसले जनाएको छ। कांग्रेस अनुशासन समितिको निर्णयमा भनिएको छ, ‘दोस्रो पटक समेत कुनै जवाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हुँदा निज राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ ९८० (ङ)तथा ऐ। नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ।


प्रतिकृया दिनुहोस्