Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडकमा नेकपा : माग्यो राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


Advertisement

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका विषयमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति विरुद्धर नेपाल कम्युनस्टि पार्टी (नेकपा)पनि सकडमा उत्रिएको छ।

आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन्।

प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीको माग छ। नेकपाले पनि प्रधानमन्त्री शाह माफीमा माग्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो। साथै आन्दोलनमा उत्रिएको नेकपाले प्रधानमन्त्री बालेन्द्रको राजिनामा मागेको छ ।


प्रतिकृया दिनुहोस्