Skip

Hamro Sanchar

काठमाडौं-दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङुका आवाजहरू प्रिय होइनन् : डा.भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


२० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल र भारतबीचको सम्बन्धलाई ग्रिसको सिसिफस मिथकसँग तुलना गर्दै यसको गहिरो सामरिक र मनोवैज्ञानिक गाँठो फुकाउनुपर्नेमा जोड दिएका छन्।

रास्वपा सभापति रवि लामिछानेको द हिन्दुस्तान टाइम्सुमा प्रकाशित लेखले दुबै देशमा तरंग ल्याइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर विश्लेषण सार्वजनिक गरेका हुन् ।

डा.भट्टराईले नेपाल-भारत सम्बन्धमा विकास साझेदारी र रोटी-बेटी (सभ्यतारसंस्कृति)का कुरा हुन्जेल दुबैतर्फ वाहीवाही हुने गरे पनि त्यसभित्र लुकेको अर्को गम्भीर पाटो रहेको उल्लेख गरेका छन् ।

आफ्नो कार्यकालमा भएको बिप्पा (Bippa) सम्झौताको स्मरण गर्दै उनले बाहिर देखिने विकासका कुराले मात्रै भित्री समस्या समाधान नगर्ने बताए ।

उनले लेखेका छन्  कथाले त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ, त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बोल्दैनौं तर खास्टोमुनि मुड्की बजारीरहन्छौ !

भट्टराईका अनुसार दुबै देशका जिम्मेवार व्यक्तिहरूले लुकाउन खोजेको मुख्य विषय सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता हो । उनले यसका दुईवटा मुख्य जड कारणहरू पनि औंल्याएका छन्

भारतीहरुको दिल दिमागमा अंग्रेजको पालादेखि जमेर बसेको सरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो भन्ने सोच सीमा विवाद त्यसैको अभिव्यक्ति भएको उनको तर्क छ।

अनि अर्को तर्फ नेपालीमा गहिरोसंग गढेर बसेकाे राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैं झस्काइरहने सिक्किमीकरणको खतराको त्रासले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसुको कथा जस्तै दोहोरिन अभिशप्त रहेको उनको विश्लेषण छ।

सिसिफसले जसरी एउटा ढुङ्गा पहाडको टुप्पोमा पुर्‍याउँछ र त्यो फेरि तल झर्छ, नेपाल-भारत सम्बन्ध पनि त्यसैगरी एउटै बिन्दुमा घुमिरहेको उनले बताए

यो गाँठो फुकाउनकै लागि आफू प्रधानमन्त्री हुँदा ईपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह)को अवधारणा अघि सारेको उनले दाबी छ । तर, हाल उक्त ईपीजी प्रतिवेदन मृत्युशैय्यामा छट्पटाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले यो दुष्चक्रु तोड्न सफल होस् भन्ने कामना गर्दै डा.भट्टराईले काठमाडौं र दिल्ली दुवैतिर सुनिएका पछिल्ला गड्याङगुडुङुका आवाजहरू भने प्रिय नभएको समेत टिप्पणी गरेका छन्।

 

 

 


प्रतिकृया दिनुहोस्