Skip

Hamro Sanchar

कड्किए देउवा, भने : म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको हुँदा अन्य धर्मको पनि रक्षा गर्ने बताएका छन् ।

काठमाडौंमा भएको इतरसमूहको भेलामा उनले भने, “साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्‍यो भन्नुभएको छ । म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दु हुँ । बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ ।”
देउवाले नेपाल धर्म निरपेक्ष मुलुक होस् भन्ने आफ्नो चाहना भए पनि जनताले जे भन्यो त्यही हुने बताए । नेता कार्यकर्ताले हिन्दु धर्मका बारेमा केही बोलिदिन आग्रह गरेकोले यति कुरा भनेको देउवाले प्रस्ट पारेका छन् ।


प्रतिकृया दिनुहोस्