Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म कांग्रेस विभाजनको पक्षमा छैन, बालेन सरकार कामचलाउ : डा कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

३० साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

आज संस्थापनइतर पक्षको राष्ट्रिय भेला भइरहेको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको बताए ।

समय समयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने उल्लेख गर्दै नेता कोइरालाले आफू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उनले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरेका छन्।

यसैबिच, बहुमत भए तापनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै उनले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिएका छन्।


प्रतिकृया दिनुहोस्