Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कसरी गरे ७१ वर्षीय बाबुले ४६ वर्षीय छोराको हत्या ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, दैलेख । दैलेखमा बाबुले खुर्पा (हँसिया)प्रहार गरेर छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका थिए।

गएराति ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो।

अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका जिप्रका दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

घटनाबारे सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले कम्बिराज थापालाई घटनामा प्रयोग भएको खुर्पासहित उनकै घरबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ


प्रतिकृया दिनुहोस्