Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


Advertisement

१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता भएको छ।

भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको थियो।

त्यसक्रममा सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीलगायतका विभिन्न उपहार दिएका थिए।

यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेट गरेका थिए।

सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ।

भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।


प्रतिकृया दिनुहोस्